Home
School
+2 Program
Bachelor and Master

Recent Posts

Final call for Grade... May 21,2026
Grade 11 Scholarship... May 21,2026
Cyber connect 4.0 May 11,2026

Categories

गुणात्मक शिक्षामा जोड दिने विश्व आदर्शमा विद्यार्थीहरुको आकर्षण बढ्दो

इटहरी । इटहरीस्थित विश्व आदर्श कलेज पुर्वी नेपालमै सबैभन्दा राम्रो शिक्षण संस्थामध्ये पर्छ । सुनसरीमै सबैभन्दा धेरै विद्यार्थी भर्ना गर्ने यस कलेजको सबै तह र संकायमा गरी वार्षिक तीन हजार पाँच सय बढी विद्यार्थीहरु अध्ययन गर्ने गरेका छन् । 

 

यस्तै पछिल्लो समय होटल मेनेजमेन्ट पनि कलेजले सञ्चालनमा ल्याएको छ । कमर्स र साइन्समा कम्प्युटर साइन्ससमेत पढाइ हुने गरेको छ । प्रिन्सपल गणेश दुलालकाअनुसार २५ वर्ष पुरानो विश्व आदर्शले १० वर्षदेखि नै साइन्स र कमर्समा ३२०–३२० गरेर ६४० जना विद्यार्थीलाई पढाइरहेको छ ।

राष्ट्रिय परिक्षा बोर्डको तथ्यांकअनुसार कक्षा ११ मा भर्ना हुने विद्यार्थीहरुको संख्यालाई विश्लेषण गर्दा यो कलेज विगत केही वर्षदेखि प्रदेश १ मा मुख्य ५ अनि सुनसरीमा पहिलो, दोस्रो स्थानमा आउने गरेको छ । संख्यात्मक भन्दा गुणात्मक शिक्षामा जोड दिएको कलेजले कक्षा ११ र १२ मा सञ्चालन गरेको साइन्स र कमर्स विषयमा विद्यार्थीहरुको संख्या थेगिनसक्नु छ । 

 

दक्ष तथा पुर्णकालिन शिक्षक, अनुशासित वातावरणका साथै कलेजले शैक्षिक तथा सृजनात्मक गतिविधिलाई गर्ने प्रोत्साहनका कारण विश्व आदर्श विद्यार्थीको रोजाइमा पर्ने गरेको प्रिन्सिपल गणेश दुलालको भनाई छ । 

कलेजको शैक्षिक गुणस्तर राम्रो भएकै कारण वर्षेनी राम्रो नतिजा ल्याउने गरेको छ । कलेजका विद्यार्थीहरु सरकारीदेखि गैह्र सरकारी क्षेत्रको उच्च तहसम्म पुगेका छन् भने कतिपय व्यापारको क्षेत्रमा पनि अगाडी छन् । कलेजले जेहेन्दार, विपन्न र उत्कृष्ठ विद्यार्थीलाई छात्रवृत्ति र विशेष छुटसमेत दिने गरेको छ ।

 

कलेजले विद्यार्थीहरुको ज्ञान र क्षमता विकासलाई मुख्य प्राथमिकता दिएको छ । त्यसैले लामो समयदेखि अविभावकहरुको विश्वास र ख्याती आर्जन गरेको छ । शिक्षा जस्तो कुरामा शिक्षालय परिवर्तन गरिरहँदा विद्यार्थीहरुलाई अध्ययन गर्न असजिलो हुने भएकोले पनि विद्यार्थीले समयमै सही शिक्षालय छनोट गर्न कलेजका अध्यक्ष लेखनाथ घिमिरे सुझाव दिन्छन् । 

उनले साथीको लहैलहैमा भर्ना हुनुभन्दा पनि सम्बन्धित कलेजमै गएर, हेर्न र निर्णय गर्न विद्यार्थीहरुलाई आग्रह गरेका छन् । उनले भने, ‘म विद्यार्थीहरुलाई विश्वआदर्श कलेज आउन र हेर्न आग्रह गर्छु ।’

 

विद्यालयले विभिन्न सामाजिक काममा पनि अग्रसरता लिने गरेको छ । निःसहाय बाल आश्रमका बालबालिकाहरुलाई निःशुल्क पढाउनेदेखि इटहरीका १० वटा सामुदायिक विद्यालयहरुलाई प्रत्येकलाई १५ जोर डेस्क बेन्च सहयोग गरेको छ ।

यसैगरी आधुनिक प्रविधिबाट विद्यार्थीलाई प्रभावकारी ढंगले सिकाइरहेको छ । माइ सेकेण्ड टिचर प्रयोग गरी विद्यार्थीलाई सजिलो तरिकाले प्रभावकारी सिकाइको काम गरिरहेको दुलालले जानकारी दिएका छन् । 

न्युजलय २४ असार २०८०, आइतबार ०६:०२ मा प्रकाशित